Advertisement Ad

Advertisement Ad

कुम्मायक कुस्सायक गोल्डकपः दुई खेलाडीबीच मैदानभित्रै कुटाकुट

१७ वैशाख २०८१, पाँचथर। कुम्मायक गाउँपालिकाको यासोकमा जारी कुम्मायक कुस्सायक गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा दुई खेलाडीबीच मैदानभित्रै कुटाकुट भएको छ।

कर्णसिं सोनाम स्मृति क्लव ताप्लेजुङदेखि खेलेका पाँचथरका खेलाडी प्रवीण जबेगु र पाँचथर फुटवल क्लवदेखि खेलेका पाँचथरकै खेलाडी सुकराज राईबीच दोस्रो हाफको २९ औं मिनेटको खेल चलिरहँदा मैदानभित्रै कुटाकुट भएको हो।

खेलमा ताप्लेजुङ १–० ले पछि परेको थियो। खेल चलिरहेकै अवस्थामा सुकराजले प्रवीणलाई ठेलेपछि दुई खेलाडीबीच मैदानभित्रै कुटाकुट भएको थियो। उनीहरु दुबैलाई रेफ्रि सुवाश श्रेष्ठले रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए।

तनावपूर्ण खेलमा पाँचथर फुटवल क्लव १–० ले विजयी भएको छ।