२८ पुस २०८१, पाँचथर। मगर समुदायको महान चाड माघ्या सक्रान्तिको अवसरमा फिदिम–६ सिवास्थित मगरगाउँमा जारी खुल्ला पुरुष तथा महिला फुटवल प्रतियोगितामा आइतबार ६ खेल सम्पन्न भएका छन्।
लाङ्घाली युवा क्लवको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएको पूरुष तर्फको पहिलो खेलमा आयोजकले चोकमागुलाई २–० गोलअन्तरले पराजीत गर्यो। दोस्रो खेलमा सारताप विरुद्ध मिक्लाजुङ ११–० को फराकिलो अन्तरले पराजीत हुँदा तेस्रो खेलमा मगर संघ सिवालाई नुमाफुङ युथ क्लव फिदिम–६ सिवाले ३–१ गोलअन्तरले पाखा लगायो। आइतबार भएको पूरुषतर्फको चौंथो तथा अन्तिम खेलमा सिवा ‘बी’ ले सिलौटीलाई ३–२ गोलअन्तरले स्तब्ध बनायो।
आइतबार भएको महिलातर्फको पहिलो खेलमा मिक्लाजुङ पाँचथरले टू–स्टार क्लव इम्बुङलाई ३–० ले पराजीत गर्यो। दोस्रो खेलमा फिदिम पीभीसी भेट्रान्सले आयोजक ‘बी’ लाई ३–० ले पराजीत गर्यो। यो सँगै महिलातर्फको सेमीफाइनल समीकरण पूरा भएको छ। अब फाइनल प्रवेशका लागि सिवा–३ र आयोजक ‘ए’ त्यस्तै मिक्लाजुङ र फिदिम पीभीसी भेट्रान्सबीच प्रतिश्पर्धा हुनेछ।
प्रतियोगिताको फाइनल माघ १ गते माघ्या सक्रान्तिको दिन हुनेछ। सेमीफाइनलदेखि हरेक खेलको म्यान अफ् दि म्याचलाई पनि पुरस्कृत गरिने आयोजक लाङ्घाली युवा क्लवका अध्यक्ष सुवाश सारु मगरले बताए।
