२९ पुस २०८१, पाँचथर । मगर समुदायको महान चाड माघ्या सक्रान्तिको अवसरमा फिदिम-६ सिवास्थित मगरगाउँमा जारी खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिताको फाइनल खेल माघ १ गते मंगलबार हुने भएको छ ।
प्रतियोगिताको पुरुष तर्फ आयोजक फाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा रमाइलो एफसी सिवालाई २–१ गोलअन्तरले पराजीत गर्दै आयोजक उपाधि नजिक पुगेको हो । अब आयोजकले उपाधिका लागि मंगलबार बिहान ८ बजे हुलाक लाइन फिदिम र नुमाफुङ युथ क्लब सिवाबीचको बिजेतासँग खेल्नुपर्ने छ । हुलाक लाइन फिदिमले सोमबार भएको अन्तिम क्वाटर फाइनलमा मिक्लाजुङलाई २–० ले पराजीत गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
महिलातर्फ भने उपाधिका लागि सिवा-३ र फिदिम पिभिसी भेट्रान्सबीचच प्रतिस्पर्धा हुने पक्का भएको छ । सोमबार भएको महिला तर्फको पहिलो सेमिफाइनल खेलमा आयोजकलाई २–० ले पराजित गर्दै सिवा–३ फाइनल प्रवेश गरेको हो । त्यस्तै दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा पिभिसी भेट्रान्सले मिक्लाजुङलाई टाइब्रेकरमा २–० ले पराजित गर्दै सिवा–३ सँग फाइनल भिडन्त पक्का गरेको हो ।
लाङ्घाली युवा क्लबले आयोजना गरेको प्रतियोगिता अन्तर्गत पुरुष तर्फको विजेताले नगद ५० हजार रुँपैया ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद २५ हजार रुँपैयाट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिला तर्फको विजेताले नगद १० हजार रुँपैया ट्रफि,मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद ५ हजार रुँपैया ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
माघ १ गते साँझ फिदिम स्थित बरदान संगितालयका कलाकारहरुको साथमा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम समेत हुने आयोजक संस्थाका अध्यक्ष शुवास सारु मगरले बताए ।
