सन्देश सुब्बा
२५ फागुन २०८१, पाँचथर। पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा आज (आइतबार) चर्च व्वाइज युनाइटेड क्लव काठमाडौंसँग पाहुना टोली भारतको हिल्स फुटवल एकेडेमी स्तब्ध बनेको छ।
सदरमुकामस्थित फिदिम माविको खेलमैदानमा भएको खेलमा ‘ए’ डिविजन लिग विजेता चर्चव्वाइजलाई ४–० को नतिजा सुम्पिदै हिल्स फुटवल एकेडेमी पहिलो खेलबाटै घर फर्किनुपर्यो। चर्च व्जाइलाई जीत दिलाउन राज भुषालले दुई त्यस्तै अभिषेक महतो र विदेशी खेलाडी फोफोना इब्राहिमले समान एक–एक गोल गरे।
खेलको म्यान अफ् दि म्याच चर्च व्वाइजका राज भुषाल बने। उनले नगद ७ हजार ५ सय रुपैंयाँ प्राप्त गरे। प्रतियोगिता अन्तर्गत भोलि (सोमबार) मच्छिन्द्र फुटवल क्लव काठमाडौं र हिमालयन शेर्पा क्लव काठमाडौंबीच प्रतिश्पर्धा हुने आयोजक पाँचथर क्लवका अध्यक्ष कमल तुम्रोकले बताए।
चैत २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार १११ रुपैंयाँ र उपविजेताले नगद ५ लाख ५५ हजार ५५५ रुपैंयाँ प्राप्त गर्नेछ।
