Advertisement Ad

Advertisement Ad

पाँचथर गोल्डकपः हिमालयन शेर्पालाई हराउदै मच्छिन्द्र अन्तिम चारमा

सन्देश सुब्बा

२६ फागुन २०८१, पाँचथर। हिमालयन शेर्पा क्वल काठमाडौंलाई पराजीत गर्दै मच्छिन्द्र फुटवल क्लव पाँचथर सदुमुकाम फिदिममा जारी पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाइनमा प्रवेश गरेको छ।

फिदिम माविको खेलमैदानमा आज (सोमबार) सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा हिमालयन शेर्पा विरुद्ध मच्छिन्द्रले २–१ को जीत निकाल्यो। खेलको २७ औं मिनेटमा विदेशी खेलाडी स्टेफेनको गोलबाट मच्छिन्द्रले अग्रता बनाएको थियो। ३० औं मिनेटमा जय गुरुङले गोल गर्दै अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २–० ले पछि परेको हिमालयन शेर्पा क्लवले दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरे पनि त्यो सम्भव भएन। निर्धारित समयको अन्तिम मिनेटमा सुजन स्याङतानले गोल गर्दै टोलीलाई खेलमा फर्काउने आसा जगाएका थिए। अन्तिम समयमा हिमालयन शेर्पाले लगातार पाएको दुईवटा कर्नरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै घर फर्किनुपर्यो।

खेलको प्लेयर अफ् दि म्याच मच्छिन्द्र फुटवल क्वलका विषाल घलान घोषित भए। उनले नगद ७ हजार ५ सय रुपैंयाँ प्राप्त गरे। मच्छिन्द्रले अब प्रतियोगिताको फाइनल प्रवेशका लागि फागुन २८ गते पहिलो सेमीफाइनल खेलमा इन्ट्रा पथरी ११ सँग प्रतिश्पर्धा गर्नुपर्नेछ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइन खेलमा भोलि (मंगलबार) नमो बुद्ध युथ एफसी सप्तरीले विभागीय टोली नेपाल पुलिस क्लवको सामना गर्नेछ। चैत २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार १११ रुपैंयाँ र उपविजेताले नगद ५ लाख ५५ हजार ५५५ रुपैंयाँ प्राप्त गर्ने आयोजक पाँचथर क्लवका अध्यक्ष कमल तुम्रोकले बताए।