२७ फागुन २०८१, पाँचथर। फिदिममा जारी पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आज (मंगलबार) अन्तिम क्वाटरफाइन खेल हुँदैछ।
फिदिम माविको खेलमैदानमा हुने प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लवले नमो बुद्ध एफसी सप्तरीको सामना गर्दैछ। खेल दिउँसो २ः१५ देखि सुरु हुने आयोजकले जनाएको छ।
यसअघि सोमबार भएको तेस्रो क्वाटरफाइन खेलमा हिमालयन शेर्पा क्लव काठमाडौंलाई पराजीत गर्दै मच्छिन्द्र फुटवल क्लव काठमाडौं सेमीफाइन प्रवेश गरिसकेको छ। मच्छिन्द्रले अब फाइनल यात्राका लागि बुधबार एन्ट्रा थपरी ११ सँग खेल्नेछ।
आज हुने खेलको विजेताले फाइनल प्रवेशका लागि फागुन २९ गते चर्च व्वाइज युनाइटेड क्लव काठमाडौंसँग खेल्नुपर्नेछ।
जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको फाइनल खेल चैत २ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार १११ रुपैंयाँ र उपविजेताले नगद ५ लाख ५५ हजार ५५५ रुपैंयाँ प्राप्त गर्ने आयोजक पाँचथर क्लवका अध्यक्ष कमल तुम्रोकले बताए।
