दक्षिण कोरिया २७ जुलाई २०२५
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको १०औ राष्ट्रिय महाधिवेशन बाट अध्यक्ष पदमा पार्वती मोक्तान निर्वाचित भएका छन् । उनले १५३ मतले प्रतिस्पर्धि हरि प्रसाद भट्टराईलाई पराजित गर्दै विजयी भएका हुन् । आज बिहान १०:३० बजेदेखि ५ बजेसम्म अनलाइन भोटिङ गरिएको थियो । ९९१ जनाले निर्वाचनमा आफ्नो मत दिएका थिए । मोक्तानले ५७२ मत र भट्टराईले ४१९ मत प्राप्त गरेका छन् । कुल मतदातको ६९.९९ % मत खसेको थियो ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा तारा पुन मगर, उपाध्यक्षमा निरन्जन भण्डारी र मंगल योङहाङ, महासचिवमा कमल भण्डारी, सचिवमा दुर्गा प्रसाद ढकाल र सोनम शेर्पा कोषाध्यक्षमा अर्जुन श्रेष्ठ, यूवा संयोजकमा टेक बहादुर बोहरा, महिला संयोजक मिता गुरुङ, सदस्यहरुमा मनसुन खड्का र आइसा सिटौला पनि निर्विरोध निर्वाचित भएका छन् । आजको निर्वाचनमा आइसीसी सदस्य, एक उपाध्यक्ष, महिला उपाध्यक्ष र सहकोषाध्यक्ष पदमा भने उमेद्वार नै रहेको थिएन । यस अधिवेशनको निर्वाचन मण्डलमा लोचन राईको संयोजकत्वमा, डा. कमला केसी र बाबु काजी श्रेष्ठ सदस्यमा रहेका थिए । नव निर्वाचित कार्यसमितीलाई संयोजक लोचन राईले सपथ ग्रहण गराएका ।