दक्षिण कोरिया ३१ जूलाई २०२५
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी नि.कप्तान तथा गोलकिपर बहिनी अन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित वायोपिक चलचित्र “अञ्जिला” को दक्षिण कोरियामा भव्यताका साथ सफलतापूर्वक प्रदर्शनबाट सङ्कलन भएको रकम “अञ्जिला घर तथा फुटवल एकेडेमी निर्माणर्थ” २८ जूलाई ०२५/ २०८२ श्रावण १२ गते सोमबारको दिन चेक हस्तान्तरण गरेको छ ।
किरात याक्थुङ चुम्लुङ नेपालको सङ्घीय कार्यालय ललितपुरमा, संघीय अध्यक्ष श्री प्रेम एक्तेन, महासचिव श्री निरन्ती तुम्वापो सचिवालय समितिको साथमा चुम्लुङ कोरियाको कोषाध्यक्ष श्री विरेन खेवा लिम्बू लगायत अन्य चुम्लुङका बृहत उपस्थितिमा अन्जिला तुम्बापो सुब्बाको प्रत्यक्ष उपस्थितिमा एकमुष्ठ रू. १६६८९४९.०० (सोह्र लाख अठ्सठ्ठी हजार नौ सय उनन्चास रूपैयाँ) को चेक हस्तान्तरण गरिएको औपचारिक जानकारी अध्यक्ष बिनोद सौदेनले दिएको छ ।
यसै संग अञ्जिलालाई तुम्बापो समाज सेवा संघ नेपाल, प्रवास शाखा दक्षिण कोरिया बाट पनि रु. १८४,०००.०० (एक लाख चौरासी हजार) तुम्बापो समाज सेवा संघ नेपाल, बिशेष शाखा उपत्यका समितिको उपस्थितमा नन्दु तुम्बापोले चेक हस्तान्तरण गरेको थियो ।
चलचित्र “अन्जिला” को Grand Premiere शो विभिन्न देशहरूमा गरीएको शोहरु मार्फत सङ्कलन भएको रकमले अन्जिलाको नाममा काठमाडौंमा एउटा अत्याधुनिक र सुबिधा सम्पन्न घर निर्माण गरी दिने उदेश्यका साथ निर्माता प्रेम कुमार श्रेष्ठले कोरिया, हङकङ र यु.के लगायत देशहरुमा च्यारिटी शो प्रदर्शन गरेको थियो ।
उक्त चलचित्र दक्षिण कोरियामा बिभिन्न शहरहरुमा कि या चुले प्रर्दशन गर्दै गर्दा फुटबाल महासंघ कोरियाले सहजीकरणको भूमिका निर्वाह गरेको संगै मार्च २ देखि अप्रिल २७ तारीख सम्म प्रदर्शन गरेका थिए । त्यसमा कि.या.चु बूसान, जेजूदो, छल्लादो शाखा लगायत बिभिन्न संघ संस्थाहरुले एक साथ च्यारिटी शो प्रर्दशन गर्दा २ करोड ९७ लाख १० हजार वन संकलन हुदा १ करोड ३१ लाख १३ हजार १ सय ३१ वन हल भाडा, बिभिन्न प्रचार प्रसार खर्च भई १ करोड ६५ लाख ९६ हजार ८ सय ८७ वन बचत भएकोमा नेपाली रु १६,६८,९४९ रुपियाँ हस्तान्तरण गर्न सफल भएको छ ।