Advertisement Ad

Advertisement Ad

पाँचथरमा कोदालो प्रहार गरी श्रीमतीको हत्या,  श्रीमान पक्राउ

१६ साउन, २०८२ पाँचथर । पाँचथरको फिदिम १ नाम्दु स्थित ससुराली घरमा श्रीमानले कोदालोको पासोले प्रहार गरी श्रीमतीको हत्या गरेका छन ।

फालेलुङ गाउँपालिका -७ आहाले घर भई हाल ससुरालीमा आएका २७ वर्षिय महेन्द्र तामाङले आफ्नै श्रीमती २२ वर्षिय अनु राईको हत्या गरेका हुन । जिल्ला प्रहरी कार्यलय पाँचथरका अनुसार घटना विहिवार राती करिव १० बजे भएको हो । घरायसी विवादकै क्रममा तामाङले कोदालोको पासोले श्रीमती माथि प्रहार गरेका थिए । गम्भिर घाइते भएकी राईलाई तत्काल जिल्ला अस्पताल पाँचथरमा प्राथमिक उपचारपछि झापाको बीएण्डसी अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा आज विहान ४:३० बजे चिकित्सकले मृत घोषणा गरेका छन ।

घटनापछि फरार रहेका तामाङलाई फिदिम नगरपालिका -६ गोलेगाउँबाट प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।