Advertisement Ad

Advertisement Ad

प्रेम ओझाको– गजल

– प्रेम ओझा

तिमीसित भेट भयो, यतै बसेर कुरा गरुँ,
लगाइ दिउँ त माया, घुँडा धसेर कुरा गरुँ ।

दुर्घटना पनि हुन्छ, कल्पनाको उडान भर्दा,
बेग्लै हुन्छ यथार्थमा, भुइँमा खसेर कुरा गरुँ ।

विघ्न बाधा आउन सक्छन्, माया पिरती लाउँदा,
जोरीपारिका अघि, कमर कसेर कुरा गरुँ ।

आँखा र आँखाको भाखा, भएको छ विनिमय,
एक अर्कालाई बुझ्न, मनमा पसेर कुरा गरुँ ।

सम्बन्ध नि गाढा हुन्छ, हिमचिम बढेपछि,
अझै सहज होला कि, चिल्लो घसेर कुरा गरुँ ।०