फालेलुङमा स्वास्थकर्मीहरुलाई विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली सम्बन्धी तालिम

५ चैत २०८०, पाँचथर। फालेलुङ गाउँपालिकामा स्वास्थकर्मीहरुलाई विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली सम्बन्धी तालिम दिइएको छ। गाउँपालिकाको आर्थिक सहयोग र स्वास्थ्य निर्देशनालय धनकुटाको प्रविधिक सहयोगमा चैत १ गते देखि ३ गतेसम्म तिन दिने तालिम सञ्चालन गरिएको थियो। तालिममा फिदिम नगरपालिका र फालेलुङ गाउँपालिका…

मुक्कुमलुङ क्षेत्रका रुख कटान नगर्न प्रदेश पर्यटन, वन तथा वातवरण मन्त्रालयको ध्यानाकार्षण

५ चैत २०८०, पाँचथर। ताप्लेजुङमा अवस्थित याक्थुङ (लिम्बू) समुदायसँग सम्बन्धीत मुन्धुमी, साँस्कृतिक तथा आध्यात्मिकस्थल मुक्कुमलुङ (पाथीभरा) क्षेत्रको रुख कटानबारे ‘मुक्कुमलुङ बचाऔं’ अभियन्ताहरुले प्रदेश पर्यटन, वन तथा वातावरणमन्त्री गणेश प्रसाद उप्रेतीको ध्यानाकार्षण गराएका छन्। आन्दोलनरत पक्षले नेपाल पक्षराष्ट्र रहेको विभिन्न अन्तराष्ट्रिय…

मुक्कुमलुङ (पाथीभरा) क्षेत्रका रुख कटान गर्ने अनुमति नदिन माग

४ चैत २०८०, धरान। ताप्लेजुङ जिल्लामा अवस्थित याक्थुङ (लिम्बू) समुदायको मुन्धुमी, साँस्कृतिक, आध्यात्मिकस्थल मुक्कुमलङ (पाथीभरा) क्षेत्रका रुख कटान गर्ने अनुमति नदिन माग राख्दै ‘मुक्कुमलुङ बचाऔं’ संघर्षमा आबद्ध संघ–संस्थाले ज्ञापन पत्र बुझाएका छन्। उनीहरुले आइतबार सुनसरीको धरानस्थित प्रदेश वन निर्देशनालयलाई ज्ञापन…

इलाम-२ उपनिर्वाचनः मिलन लिम्बू द्वारा उम्मेदवारी घोषणा

४ फागुन २०८०, काठमाडौं। इलाम–२ मा आगामी वैशाख १५ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि मिलन लिम्बुले उम्मेदवारी घोषणा गरेका छन्। आइतवार काठमाडौँमा पत्रकार सम्मेलन गरी लिम्बूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्। सो क्षेत्रबाट निर्वाचित नेकपा एमालेका सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन…

मोरङको विराटनगरमा एक स्टाफ नर्सको हत्या

२ चैत २०८०, मोरङ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ। सिराहा घर भएकी २२ बर्षीया चन्द्रिकाकुमारी दासको शव हत्या गरेर छोडिएको अवस्थामा शौचालयमा भेटिएको हो। उनी विराटनगर–४ स्थित एक घरमा डेरा बस्दै आएकी थिइन्। डेरामै…

उदयपुर जीप दुर्घटनामा मृत्यु भएका आठै जनाको सनाखत

१ चैत २०८०, पाँचथर। सुनसरीको धरानबाट भोजपुर हतुवागढी गाउँपालिकाको घोडेटार जाँदै गरेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ। एक बालिका सहित सात जनाको घटनास्थलमै मृत्यु भएको र बाँकि एक जनाको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा…

फालेलुङ–२ स्थित लुवाखोला खरिबोटे सिंचाइ आयोजनाको काममा तिव्रता

जीपी अधिकारी १ चैत २०८०, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका–२ एकतीनमा ९४ लाख ३१ हजार १५ रुपैंयाँ लागतको लुवाखोला खरिबोटे सिंचाइ कुलो आयोजनाको कामलाई तिव्रता दिइएको। गाउँपालिकामा सञ्चालित साना सिंचाइ कार्यक्रम अन्तर्गत सिंचाइ कुलो आयोजना निर्माणले तिब्रता पाएको हो। स्थानीय खोलाबाट…

स्वास्थ्य बिमामा पाचँथरः ८० प्रतिशत जनता बिमाको पहुँच बाहिर

इवारा लिम्बू १ चैत २०८०, पाँचथर। जिल्लाका ८० प्रतिशत जनता स्वास्थ्य बिमाको पहुँच बाहिर रहेका पाइएको छ। स्वास्थ्य बिमाले उपचारमा ठूलो सहयोग पुग्ने भए पनि जिल्लाका जनसंख्याको ठूलो हिस्साले स्वास्थ्य बिमा नगरेको पाइएको हो। नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई निशुल्क…

सेहो?नाम्लाङ महोत्सव हुँदै

२९ फागुन २०८०, पाँचथर। फाल्गुनन्द गाउँपालिकाको केन्द्र घुर्विसे पञ्चमी बजारमा प्रथम सेहो?नाम्लाङ साँस्कृतिक पर्यटन महोत्सव २०८० आयोजना गरिने भएको छ। २०८० चैत २६ गतेदेखि २०८१ वैशाख २ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो। स्थानीय ऐतिहासिक, मुन्धुमिक र पर्यटकीय स्थलहरुको प्रचार–प्रसार…

ग्याल्पो ल्होसारको मिति गतलः सच्याउन माग गर्दै सरकारलाई ध्यानाकार्षण

इवारा लिम्बू २८ फागुन २०८०, पाँचथर। नेपाल सरकारले ग्याल्पो ल्होसारको अवसरमा आज फागुन २८ गते सार्वजनिक बिदा दिएको छ। तर, नेपाल शेर्पा संघ जिल्ला कार्य समिती पाँचथरका सचिव फुर्बा शेर्पाका अनुसार ग्याल्पो ल्होसारको मिति गलत छ। नेपाल शेर्पा संघ ताप्लेजुङ,…