कञ्चनजंघा सेसेलुङ गोल्डकपः झापालाई हराउदै पाँचथर सेमीफाइनलमा

६ पुस २०८०, पाँचथर। पाँचथर फुटवल क्लव ताप्लेजुङमा जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत बिहीबार भएको दोस्रो क्वाटरफाइनल खेलमा झापाको जलथल फुटवल क्लवलाई १–० ले स्तब्ध पार्दै पाँचथरले सेमीफाइल यात्रा तय गरेको हो। पाँचथरको लागि…

पाँचौ फिदिम नगरकप : पुस १३ देखि १८ गतेसम्म

३ पुस, २०८० पाँचथर । जिल्लाको फिदिम नगरपालिका -७, रानिटारमा आयोजना हुँदै आएको ‘फिदिम नगरकप’ को पाँचौ सँस्करण पुस १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भएको छ । मंगलबार फिदिम स्थित नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको…

सुम्हात्लुङ मिनि म्याराथुनको छैटौँ संस्करण पुष ८ गते हुने

२८ मंसिर २०८०, पाँचथर। फिदिम–४ गढीमा बर्षेनी हुँदै आएको सुम्हात्लुङ मिनि म्याराथुनको छैटौँ संस्करण आगामी पुष ८ गते हुने भएको छ। यस बर्ष पनि चासोक मेलासँगै म्याराथुनको आयोजना गर्न लागिएको आयोजक संस्था सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण तथा विकास प्रतिष्ठानले बिहीबार…

च्याङथापुमा फुटबल प्रतियोगितासँगै साँस्कृतिक कार्यक्रम हुँदै

इवारा जबेगु लिम्बू १४ मंसिर २०८०, पाँचथर। याङवरक गाउँपालिका–१ च्याङ्थापुमा केशरसिंह–मनु राई स्मृति रनिङ कप खुल्ला पुरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता साँस्कृति कार्यक्रम हुने भएको छ। आउँदो पुष ३ गतेदेखि च्याङथापु बजारमा सुरु हुने प्रतियोगिताको फाइनल पुष ११ गते…

नेपाल सुपर लिगः आज बुटवल लुम्बिनी फुटबल क्लब र झापा फुटबल क्लब भिड्दै

२६ मंसिर २०८०, पाँचथर। नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत आजको एक मात्र खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र झापा फुटबल क्लब भिड्दैछन् । खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ । बुटवल लुम्बिनीले पहिलो दुई खेलमा हार बेहोर्दै खराब…

एसिसी यू१९ एसिया कपमा आज नेपालले भारतसँग खेल्दै

२६ मंसिर २०८०, पाँचथर। नेपालले एसिसी यू१९ एसिया कपमा आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग…

किरात गोल्डकपको फाइनल आज, उपाधिका लागि झापा र मोरङ भिंड्दै

२३ मंसिर २०८०, पाँचथर। सदरमुकाम फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकपको फाइनल खेल आज (शनिबार) हुँदैछ। फिदिम खेलमैदानमा दिउँसो २ः३० बजेदेखि हुने उपाधी भिंडन्तका लागि झापाली टोली बिर्तामोड युनाइटेड क्लव र मोरङको डाँगीहाट फुटवल क्लव (डीएफसी) तयार…

किरात गोल्डकपः झापा फाइनलमा

२१ मंसिर २०८०, पाँचथर। झापाको बिर्तामोड युनाइटेड क्लव पाँचथर सदरमुकाम फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रणकिरात गोल्डकपको फाइनल प्रवेश गरेको छ । बिहीबार भएको प्रतियोगिताको अन्तिम सेमीफाइनल खेलमा ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लवलाई २–१ ले स्तब्ध बनाउदैबिर्तामोड उपाधी नजिक…

किरात गोल्डकपः आज फाइनल प्रवेशका लागि बिर्तामोड युनाइटेड र ताप्लेजुङ भिंड्दै

२१ मंसिर २०८०, पाँचथर। सदरमुकाम फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकपको अन्तिम सेमीफाइनल खेल आज (बिहीबार) हुँदैछ। फिदिम खेलमैदानमा दिउँसो २ः१५ देखि सुरु हुने खेलमा कर्णसिं सोनाम स्मृति क्लव ताप्लेजुङले झापाली टोली बिर्तामोड युनाइटेडको सामना गर्दैछ। इलामको…

ट्राईब्रेकरमा पाँचथर निरास, डाँगीहाट एफसी प्रथम किरात गोल्डकपको फाइनलमा

२० मंसिर २०८०, पाँचथर। आयोजक पाँचथर फुटवल क्लवलाई ट्राइब्रेकरमा निरास पार्दै मोरङको डाँगीहाट फुटवल क्लव (डिएफसी) पाँचथर सदरमुकाम फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकपको उपाधी नजिक पुगेको छ । सदरमुकामस्थित फिदिम खेलमैदानमा बिहीबार भएको प्रतियोगिताको पहिलो सेमीफाइनल…