– राज माङ्लाक कसले बनाए हिंड्दाहिंड्दैको पहाडलाई टक्क रोकेर यति सुन्दर र बस्न लायक आवादी कस–कसले रोपे होलान् कोदो र घैयाधानका बालामा अडिबस्ने मसिनु–मसिनु जिन्दगी सबैभन्दा पहिले मनको धागो वारिपारि टाँगेर कसले सभ्यताको तान बुन्यो होला र, त्यो पहिलो लुगामा…
