फालेलुङ–४, सोमबारेस्थित हेंवाखोलामा डाइभर्सन निर्माण

२१ भदौ २०८०, फालेलुङ । जिल्लाको फालेलुङ गाउँपालिका–४, सोमबारेस्थित हेंवाखोलामा डाइभर्सन निर्माण गरिएको छ । गत असार महिनाको सुरुवातमा भीषण बर्षासँगै आएको बाढीले त्यहाँको मोटरेवल बाटो भत्काएपछि त्यहाँका अधिकांश क्षेत्र यातायात सम्पर्कबाट बञ्चित भएका थिए । गाउँपालिकाले अप्पकालीन समाधानका लागि…

पाँचथरमा मानव बेचबिखन विरुद्धको दिवश मनाइयो

२० भदौ २०८०, पाँचथर । सदरमुकाम फिदिममा बुधबार १७ औं राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवश मनाइएको छ । दिवशको अवरमा बिहान फिदिम बजारमा प्रभातफेरि निकालिएको थियो । ‘सामाजिक न्याय र आर्थिक सशक्तिकरण, मानव बेचबिखनको निर्मुलन’ भन्ने नारा सहित दिवश मनाइएको…

पाँचथरमा लम्पी स्किन रोगबाट सात सय पशु मरे, ३५ हजार बढी प्रभावित

इवारा जबेगु २० भदौ २०८०, पाँचथर । पशुचौपायामा लाग्ने लम्पी स्किन रोगबाट पाँचथरमा सात सय पशुचौपाया मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरको तथ्याङ्क अनुसार हालसम्ममा जिल्लामा ६८७ गाईगोरु र १३ भैंसी राँगा गरी कूल सात…

कुम्मायक गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न

पदम सुखी सम्बाहाम्फे, १७ भदौ, २०८०, पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा आइतवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरको प्राविधिक सहयोगमा किराँत याक्थुङ चुम्लुङ र नेपाल रेडक्रस सोसाइटी उपशाखा यासोकको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको…

फिदिम–६, मा माओवादी केन्द्रको रुपान्तरण अभियान पात्लेभञ्ज्याङबाट उद्घाटन

१७ भदौ, २०८०, पाँचथर । ‘घर घरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराकासाथ शनिबारदेखि देशैभरी सुरु भएको नेकपा (माओवादी केन्द्र) को ३ महिने बिशेष रुपान्तरण अभियान फिदिम -६, मा पात्लेभञ्ज्याङबाट सुभारम्भ गरिएको छ । शनिबार  एक कार्यक्रमको आयोजना गरि नेकपा (माओवादी…

लिम्बु विद्यार्थी मञ्च, पान्थरद्वारा दुई विद्यार्थी सम्मानित

१६ भदौ, २०८० पाँचथर । लिम्बु विद्यार्थी मञ्च, जिल्ला कार्य समिति पान्थरले शनिबार दुई विद्यार्थीलाई सम्मान गरेको छ । शैक्षिक सत्र २०७९ को एस.ई.ई. परिक्षामा लिम्बु समुदायबाट सामुदायिक विद्यालयमा अध्ययन गरि उत्कृष्ट जिपिए ल्याएका एक छात्र र एक छात्रालाई सम्मान…

सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी

१६ भदौ २०८०, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) महानगरको गाडि रोकेको भन्दै सरकारसँगआक्रोशित बनेका छन् । उनले फेरि महानगरपालिकाको गाडि रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत यस्तोचेतावनी दिंदै सरकारलाई ‘चोर’ समेत…

झापाका अग्रज पत्रकार दिपीन राई प्रेस सेन्टरमा प्रवेश

१५ भदौ २०८०, झापा ।  झापाका अग्रज पत्रकार दिपीन राई ( दिपेन्द्र) प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । लामो समयदेखि झापाली पत्रकारितामा रहेका राई हाल यलम्बर टाईम्सका सम्पादक/प्रकाशक रहेका छन् भने उनी झापामा तीन दशकदेखि सक्रिय पत्रकारितामा रहेका छन् ।…

‘कोशी’ को पक्षमा मतदान गर्ने सांसदलाई सार्वजनिक कार्यक्रममा सहभागित नुहुन चेतावनी

१५ भदौ २०८०, पाँचथर । प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति पाँचथरले ‘कोशी’ प्रदेश को पक्षमा मतदान गर्ने प्रदेशसभा सदस्यहरुलाई जिल्लाका कुनै पनि सार्वजनिक कार्यक्रममा नडाक्न र सहभागि नुहन चेतावनी दिएको छ । संघर्ष समितिले शुक्रबार एक विज्ञप्ती जारी…

प्रदेश सांसदहरुले जनताको मतको उपहास गरे : कियाचु प्रदेश अध्यक्ष केरुङ

१५ भदौ २०८०, झापा । किरात याक्थुङ चुम्लुङका लिम्बुवान प्रदेश समिति अध्यक्ष मधुराज केरुङले प्रदेश–१, का प्रदेशसभा सदस्यहरुले जनताको मतको उपहास गरेको आरोप लगाएका छन् । बिहीबार कियाचु झापाले भद्रपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै, कार्यक्रमका प्रमुख अतिथि केरुङले यस्तो…