पूर्वको चर्चित मदनमेला जेठ १३ देखि लाग्ने

८ जेठ २०८१, आठराई। तेह्रथुमको आठराईस्थित सक्रान्ति बजारमा लाग्ने पूर्वको चर्चित मेदनमेला यस बर्ष यहिं जेठ १३ गतेदेखि जेठ १९ गतेसम्म लाग्ने भएको छ। आठराई गाउँपालिकाको सहयोग तथा मदनमेला मूल समारोह समितिको आयोजनामा विविध प्रतियोगिता र कार्यक्रमकासाथ यसपल्टको मदनमेला लाग्नेछ।…

सामुदायिक रेडियोले उत्पादन तथा प्रशारण गर्ने सामग्रीबारे अन्तरक्रिया

सन्देश सुब्बा ८ जेठ २०८१, धनकुटा। सामुदायिक रेडियोहरुले समुदायलाई शिक्षा र चेतना प्रवाह गर्ने किसिमका सामग्रीहरुको उत्पादन तथा प्रशारणमा जोड दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) प्रदेश समितिले धनकुटामा सामुदायिक रेडियोले कस्ता सामग्री पस्किनुपर्छ ?…

पाँचथर फालेलुङका उदय केरुङले गरे सगरमाथाको सफल आरोहण

६ जेठ २०८१, पाँचथर। फालेलुङ–३ का उदय केरुङले सगरमाथाको चुचुरोमा पाइला टेकेका छन्। ३३ वर्षीय उदयले आइतबार  बिहान ६ बजेर ८ सेकेन्डमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन्। २२ सदस्यीय आरोहण टोलीसँगै बिहीबार मध्यराती आधार शिविरबाट  आरोहणका लागि…

सामुदायिक रेडियोकर्मीका लागि क्षमता अभिवृद्वी तालिम सुरु

६ जेठ २०८१, धनकुटा। सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) प्रदेश समितिको आयोजनामा सामुदायिक रेडियोकर्मीहरुका लागि क्षमता अभिवृद्वी तालिम धनकुटामा सुरु भएको छ। धनकुटा सदरमुकामस्थित होटल मुर्चुङ्गाको सभाहलमा सुरु भएको तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, प्रदेशसभा सदस्य, पूर्वमन्त्री निरन राईले गरेका थिए। तालिमको…

कोशी प्रदेश सरकारः मन्त्रीमण्डल विस्तार

४ जेठ २०८१, विराटनगर। कोशी प्रदेश सरकारमा शुक्रबार मन्त्रीमण्डल विस्तार भएको छ। मूख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका हुन्। विस्तार भएको मन्त्रीमण्डलमा रामबहादुर मगर आर्थिक मामिला तथा योजनामन्त्री, गणेश उप्रेती भौतिक पूर्वाधार विकासमन्त्री, लिलबल्लभ घिमिरे आन्तरिक मामिला तथा कानूनमन्त्री, राजेन्द्र…

यातायात बन्दका कारण ताप्लेजुङ महोत्सवको पहिलो दिन फुङलिङ बजार सुनसान

३ जेठ २०८१, ताप्लेजुङ। जिल्लाको पर्यटन प्रबद्र्धनका लागि आयोजना गरिएको ‘ताप्लेजुङ पर्यटन महोत्सव’को पहिलो दिन सदरमुकाम फुङलिङ बजार सुनसान देखिएको छ। त्यहाँ रहेको प्रशिद्ध देवस्थल मुक्कुमलुङ (पाथीभरा)मा केवलकार निर्माणका लागि रुख कटान गरिएको बिरोधमा ‘मुक्कुमलुङ बचाऔं’ अभियानकर्मीले आह्वान गरेको बन्दका…

फिदिम नगरपालिकामा पाठेघरको क्यान्सर स्क्रिनिङका लागि निशुल्क शिविर हुँदै

३ जेठ २०८१, पाँचथर। फिदिम नगरपालिकाले पाठेघरको मुखको क्यान्सर स्क्रिनिङका लागि निशुल्क शिविर सञ्चालन गर्ने भएको छ। फिदिम नगरपालिकाले हालै पत्रकार सम्मेलन आयोजना गरेर शिविरबारे जानकारी दिएको हो। फिदिम नगरपालिकाको आर्थिक व्यवस्थाप एवंम् स्वास्थ सेवा विभागको परिवार कल्याण महाशाखाबाट एचपीभी…

मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङ बन्दले जनजीवन प्रभावित

२ जेठ २०८१, पाँचथर। ताप्लेजुङमा रहेको मुक्कुमलुङ (पाथीभरा)मा जबरजस्त केवलकार निर्माणका लागि वन फडानी गरिएको विरोधमा आह्वान गरिएको बन्दका कारण जनजीवन प्रभावित बनेको छ। मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति लगायत मुक्कुमलुङ संरक्षण अभियानमा सक्रिय…

अखिल नेपाल लेखक संघको अध्यक्षमा स्वप्निल स्मृति

३० वैशाख २०८१, काठमाडौँ। कवि तथा अध्येता स्वप्निल स्मृति अखिल नेपाल लेखक संघको केन्द्रीय अध्यक्ष निर्वाचित भएका छन्। शनिबार सम्पन्न संघको चौंथो राष्ट्रिय सम्मेलनले स्वप्निल स्मृतिको अध्यक्षतामा ७१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो। नवनिर्वाचित समितिको उपाध्यक्ष रामहरी श्रेष्ठ, नारायण मरासिनी…

केलाःङ् साँस्कृतिक समाज पाँचथरको तेस्रो अधिवेशन सम्पन्न

३० वैशाख २०८१, पाँचथर। केलाःङ् साँस्कृतिक समाज पाँचथरको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। फिदिम–१ फाल्गुनन्द चोकस्थित चुम्लुङहिम्मा सम्पन्न अधिवेशनको बन्द शत्रले धनकुमारी लाओतीको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ। नव निर्वाचित कार्यसमितिको उपाध्यक्ष भिमप्रसाद नेम्बाङ, सीता जबेगू, पुष्प…