तेह्रथुमको आठराई–६ चुहानडाँडामा चासोक तङ्नाम मनाइयो

१५ मंसिर २०८२, तेह्रथुम। जिल्लाको आठराई गाउँपालिका–६ चुहानडाँडामा चासोक तङ्नाम २०८२ को अवसरमा तक्सोःक् थिसोःक् तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। मौलिक संस्कृतिको संरक्षणमा सक्रिय याक्थुङ तङ्नाम संरक्षण समिति, आठराई, तेह्रथुमको आयोजनामा चुहानडाँडास्थित तेह्रथुम बहुमुखी क्याम्पसको प्राङ्गणमा कार्यक्रम आयोजना…

फालेलुङको थाप्लिडाँडा सिर्लिङगे टारमा तेश्रो फालेलुङ पर्यटन महोत्सव हुने

४ मंसिर, २०८२ पाँचथर | पाँचथरको फालेलुङ गाउँपालिका–३ र ४ नम्बरको संगमस्थल थाप्लि डाँडा–सिर्लिङगी टारमा तेस्रो फालेलुङ पर्यटन महोत्सव लाग्ने भएको छ। तीनसिमाना जनसेवा समाज नेपाल, मेमेङको आयोजनामा मंसिर १२ गतेदेखि १५ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो। आयोजकका अध्यक्ष…

१५ बुँदे निर्णय गर्दै लिम्बू थरगत थुम समितिहरुको यासःक् भेला सम्पन्न

३० कार्तिक २०८१, पाँचथर। लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिहरुको यासःक् भेला तथा बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ। पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कार्तिक २८ र २९ गते दुई दिनसम्म चलेको भेला तथा बैठकमा दश…

लिम्बुवान गेट पुनर्निर्माणका लागि सहजीकरण कार्यदल गठन

३० कार्तिक २०८२, पाँचथर। मेची राजमार्ग विस्तारको क्रममा भत्काइएको पाँचथर सदरमुकाम फिदिम बजारस्थित मेनरोडमा रहेको लिम्बुवान गेट पुनर्निर्माणका लागि सहजीकरण कार्यदल गठन भएको छ। फिदिम नगरपालिकाको समन्वयमा आइतबार नगरपालिकाको सभाहलमा बसेको सर्वपक्षिय बैठकले नगर उपप्रमुख राधाकृष्ण न्यौपानेको संयोजकत्वमा सहजीकरण कार्यदल…

आज फाल्गुनन्द जन्मजयन्ती, विविध कार्यक्रम गरी मनाइदै

२५ कार्तिक २०८२, पाँचथर। समाज सुधारक, नेपालका राष्ट्रिय विभूति फाल्गुनन्दको १४१औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइदैछ। विशेषतः किरात धर्मावलम्बीले फाल्गुनन्द जन्मजयन्तीलाई महत्वकासाथ मनाउछन्। उनीहरु फाल्गुनन्दलाई महागुरुको रुपमा पुकार्दछन्। फाल्गुनन्दले आफ्नो जीवनकालमा समाज सुधार एवम् भाषा, लिपीको प्रचारमा महत्वपूर्ण योगदान…

फाल्गुनन्द गाउँपालिकाद्वारा उत्कृष्ट धान उत्पादक कृषक पुरस्कारका लागि निवेदन आह्वान

१८ कार्तिक २०८२, पाँचथर। उत्कृष्ट धान उत्पादक कृषकलाई हरेक वर्ष पुरस्कृत गर्दै आएको फाल्गुनन्द गाउँपालिकाले यस वर्ष पनि उत्कृष्ट धान उत्पादक कृषकलाई निवेदन पेश गर्न सूचना जारी गरेको छ। गाउँपालिकाले सोमबार सूचना जारी गर्दै सूचना प्रकाशित भएको सात दिनभित्र सम्बन्धीत…

फिदिममा एक हप्ते केलाःङ् प्रशिक्षण

१८ कार्तिक २०८२, पाँचथर। फिदिममा एक हप्ते केलाःङ् (च्याब्रुङ नाच) प्रशिक्षण सञ्चालन भइरहेको छ। फिदिम नपा–४ गढी स्थित सुम्हात्लुङ परिषरमा प्रशिक्षण जारी रहेको हो। याक्थुङ मुन्चइःत् चोक् सयङ, जिल्ला कार्य समिति पाँचथरको आयोजनामा प्रशिक्षण चलिरहेको हो। आइतबारदेखि सुरु भएको प्रशिक्षण…

लोकसेवा तथा स्वदेशमै स्वरोजगार सम्बन्धी उत्प्रेरणा कार्यक्रम सम्पन्न

१७ कार्तिक २०८२, पाँचथर। सदरमुकाम फिदिममा सोमबार लोकसेवा आयोग तथा स्वदेशमै स्वरोजगार सम्बन्धी एक दिवशीय उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। किरात याक्थुङ चुम्लुङ प्रवास शाखा जापानको आयोजना तथा जिल्ला कार्य समिति पाँचथरको व्यवस्थापनमा फिदिम–१ फाल्गुनन्द चोकस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको…

जेजु नेपाल कमिटीको प्रथम अधिवेशन सम्पन्न ।

दक्षिण कोरिया ३० सेप्टेम्बर २०२५ जेजु नेपाल कमिटीको प्रथम अधिवेशन २८ सेप्टेम्बर २०२५ सम्पन्न गरेको छ । अध्यक्षमा बिबेक तामाङ सर्वसम्मतले निर्विरोध निर्वाचित भएको छ । उपाध्यक्ष उन्जी तामाङ, महासचिव अनिता महर्जन, सचिव रोशन श्रेष्ठ, कोषाध्यक्ष हस्त बहादुर शाहि, सह–कोषाध्यक्ष…

फिदिममा जेन–जी आन्दोलनका शहीदको १३ औं पुण्यतिथिमा दीप प्रज्ज्वलन तथा श्रद्धान्जलीसभा

क्रिस ढुंगाना १४ असोज २०८२ पाँचथर। फिदिममा परिवर्तन संघको आयोजनामा जेन–जी आन्दोलनमा सहादत प्राप्त शहीदहरूको १३ औं दिन पुण्यतिथि पारेर दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। कार्यक्रमको प्रारम्भ फिदिम बजारमा मौन र्यालीका साथ गरिएको थियो। त्यसपछि गणतन्त्र चोकमा…