एमाले केन्द्रीय सदस्य नेम्बाङले भने– बन्द र हड्तालका कार्यक्रम फिर्ता लिएर छलफलमा आउनुस

२९ मंसिर २०८०, पाँचथर। नेकपा एमालेका केन्द्रीय सदस्य वसन्त कुमार नेम्बाङले आन्दोलनरत पहिचान पक्षधरलाई बन्द र हड्तालका कार्यक्रम फिर्ता लिएर आफ्ना मागको सम्बन्धमा छलफलमा आउन आग्रह गरेका छन्। शुक्रबार फिदिममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रीय सदस्य नेम्बाङले प्रदेश नं.१ पुनः नामाङ्कन…

ओली सहभागि हुने आमसभामा साँस्कृतिक झाँकि सहित सहभागि नहुन नेफिन अध्यक्षको आग्रह

२९ मंसिर २०८०, पाँचथर। नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा शनिबार फिदिममा हुने आमसभामा साँस्कृतिक झाँझि सहित उपस्थित नहुन नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय समिति पाँचथरका अध्यक्ष सागर केरुङले आग्रह गरेका छन्। केरुङले सामाजिक सञ्जाल फेसबुकमा…

जसपा पाँचथरको पुनर्गठन, अध्यक्षमा पुनः लाओती

२९ मंसिर २०८०, पाँचथर। जनता समाजवादी पार्टी (जसपा) पाँचथरको पुनर्गठन सम्पन्न भएको छ। सदरमुकाम फिदिममा बिहीबार जसपा नेपाल जिल्ला कार्य समिति पाँचथरको पुनर्गठन गरिएको हो। समितिको अध्यक्षमा लक्ष्मणलाओती चयन भएका छन्। उपाध्यक्षमा भरत राई र कमलराज नेम्बाङ, सचिवमा सुवास तुम्बापो काङसोरे,…

लेगुवामा एमाले अध्यक्ष ओलीलाई आक्रमण प्रयास गर्ने महेश राई प्रहरी नियन्त्रणमा

२८ मंसिर २०८०, धनकुटा। बिहीबार धनकुटाको लेगुवास्थित रामबजारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गर्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेकपा एमालेले पुष १४ देखि सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को क्रममा भोजपुरबाट धनकुटा प्रवेश गरेका…

आज वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा हुने, नेपालबाट पनि हेर्न सकिनेछ

२८ मंसिर २०८०, काठमाडौं। बिहीबार राति नेपालबाट पनि उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ। यदि आकाश खुलेको रहेछ भने नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिन्छ। खगोलविदहरुले यो उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम दिएका छन्।…

पाँचथरमा मार्च पास सहित १,१११ सदस्यीय ‘पहिचानका लागि युवा दस्ता’ घोषणा

२७ मंसिर २०८०, पाँचथर। सदरमुकाम फिदिममा बुधबार  मार्चपास सहित पहिचानका लागि युवा दस्ता घोषणा गरिएको छ । नुनाम केरुङ संयोजक, कृष्ण बेघा, सुरेन्द्र लावती, आषिश राई लगायत सह–संयोजक रहेको १,१११ सदस्यीय पहिचानका लागि युवादस्ता घोषणा गरिएको हो। पहिचानका लागि युवा…

संकल्प यात्रालाई सहयोग गर्न पहिचान पक्षधरलाई एमालेको आग्रह

२७ मंसिर २०८०, पाँचथर। नेकपा एमालेले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’लाई सहयोग गर्न आन्दोलनरत पहिचान पक्षधरलाई आग्रह गरेको छ। सदरमुकाम फिदिममा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेले जारी संकल्प यात्रा कुनै समूह, पार्टी र संगठनका बिरुद्ध नभएको स्पष्ट पारेको हो।…

हस्तमैथुनः भ्रम कतिपय

डा.ऋत पौडेल अंग्रेजीमा एउटा ठट्यौली छ, ‘८० प्रतिशत मान्छेले हस्तमैथुन गर्छन् । र, २० प्रतिशतले यसबारे झुट बोल्छन्।’ तर, यो ठट्टामा कुनै सत्यता छैन। सबैले हस्तमैथुन गरेकै हुन्छ भन्ने छैन। सत्य कुरा चाहिँ के हो भने हस्तमैथुन गर्छु भन्ने कुरा…

पत्रकार युद्धबहादुर बोहोरा प्रेस सेन्टरमा प्रवेश

२७ मंसिर २०८०, पाँचथर। नेपाल पत्रकार महासंघ पाँचथर शाखाका कार्य समिति सदस्य, पत्रकार युद्धबहादुर बोहोरा प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन्। सदरमुकाम फिदिममा मंगलबार प्रेस सेन्टर नेपाल, पाँचथरद्वारा आयोजित एक कार्यक्रमकाबीच पत्रकार बोहोरालाई नेकपा (माओवादी केन्द्र) का प्रदेश कमिटी अध्यक्ष…

पाँचथरमा एक हजार १११ सदस्यीय पहिचानका लागि युवा दस्ता घोषणा हुँदै

२६ मंसिर २०८०, पाँचथर। प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति पाँचथरले भोलि (बुधबार) एक हजार १११ सदस्यीय पहिचानका लागि युवा दस्ता घोषणा गर्ने जनाएको छ। सदरमुकाम फिदिममा मंगलबार पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले युवा दस्ता घोषणाको तयारी पूरा भएको…