पाँचथर सेवा समाज दक्षिण कोरियाद्धारा चलचित्र “ऊनको स्वीटर” प्रदर्शन हुदै ।

  दक्षिण कोरिया २४ अप्रिल २०२५ पाँचथरको विभिन्न रमणीय पर्यटकिय स्थानमा छायाङ्कन गरिएको चलचित्र “ऊनको स्वीटर”  पर्यटन प्रवर्द्धनको निम्ति २०२५ मे ११ आइतबार सौल र खिम्मे बुसानमा एकसाथ प्रदर्शन हुदै कोरियाको विभिन्न शहरमा पाँचथर सेवा समाज दक्षिण कोरियाले लिएर आउदै…

दक्षिण कोरियाको बुसान स्थित काया विश्वविद्यालय किम्हेमा चलचित्र “अञ्जिला” प्रदर्शन हुदै ।

दक्षिण कोरिया नेपाली राष्ट्रिय महिला फुटबल टीमकि कप्तान अन्जिल तुम्बापो सुब्बाको जीवनीमा आधारित सुपहिट नेपाली चलचित्र “अञ्जिला” दक्षिण कोरियाको बुसान स्थित काया विश्वविद्यालय किम्हे हलमा उङदोङ एफ. सी दक्षिण कोरिया बुसानको आयोजना साथै कि.या.चु दक्षिण कोरियाको सहजिकरण र नेपाल फुटबल…

चिण्डोमा धान छ, सार्वजनिक (भिडियो सहित)

९ वैशाख २०८१, पाँचथर। कल्पना आङबुहाङको शब्द, बुद्धराज लिम्बूको संगीत तथा एरेञ्जमा मिङ्सो केरुङको स्वर रहेको चिण्डोमा धान छ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। सोल्टि र सोल्टिनी बिचको प्रेमिल कथामा आधारित गीतको भिडियोलाई निदेश माङमुले निर्देशन गरेका छन्। भिडियोमा…

भलिबल महोत्सव र रमाइलो मेलामा सुनिए कविता

८ वैशाख २०८२, धनकुटा। धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा जारी भलिबल महोत्सव तथा रमाइलो मेलामा आइतबार एकाएक कविता गुञ्जियो। आयोजक जिल्ला भलिबल संघले धनकुटास्थित रेडियो धनकुटासँगको सहकार्यमा खेल महोत्सव र मेलामा कविता वाचन कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा कविहरु रुद्र गुर्वाछाने…

सुनिल निर्दोषी पारघरीको शब्दमा पूर्वेली लोक गीत धनकुटा छथर … (भिडियो सहित)

८ वैशाख २०८२, धनकुटा। गीतकार तथा सामाजिक, साँस्कृतिक अभियन्ता सुनिल निर्दोषी पारघरीको शब्दमा धनकुटा छथर … बोलको पूर्वेली लोक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा इन्द्र सुशील लिम्बूको संगीत तथा इन्द्र सुशील लिम्बू र मन्मा बी राईको स्वर…

स्वर्णिम साहित्य पुरस्कार–२०८२ सगुन सुसारालाई प्रदान गरिने

२ वैशाख २०८१, सुनसरी। साहित्यकार सगुन सुसारालाई स्वर्णिम साहित्य पुरस्कार–२०८१ प्रदान गरिने भएको छ। स्वर्णिम साहित्य समाज, बराहक्षेत्र, सुनसरीले प्रदान गर्ने ५० हजार १५१ रुपैंयाँ राशीको उक्त पुरस्कार यस वर्ष पाँचथरका कवि सुसारालाई प्रदान गरिने समाजले जनाएको छ। उत्तरवर्ती सोच…

लिम्बू चलचित्र ‘सेमिफुङ’को टिजर सार्वजनिक

काठमाडौ । लिम्बू कथानक चलचित्र ‘सेमिफुङ’को टिजर सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ फिल्म्सद्वारा सार्वजनिक गरिएको हो । बहुप्रतिक्षित चलचित्र सेमिफुङका निर्माताहरु सागर केरुङ र शेरबहादुर पतङ्वा रहेका छन् भने कथा/पटकथा/संवाद राज थापा काउचाले गरेका छन् । इलाम, झापा लगायत विभिन्न…

काङमाङ नरेश राईले धनकुटामा सुनाए एकल कविता

२५ फागुन २०८१, धनकुटा। युद्धकवि काङमाङ नरेश राईको एकल कविता वाचन कार्यक्रम आइतबार धनकुटामा सम्पन्न भएको छ। धनकुटा सदरमुकामस्थित होटल मोरिङ्गाको सभाहलमा आयोजित कार्यक्रममा राईले झण्डै दुई दर्जन लामा–छोंटा युद्ध कविता सुनाए। कवि राईले एघारौं सम्झनामा बाँचेको म शीर्षकको कविताबाट…

अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा धनकुटाको साँगुरीगढीमा महिलाका लागि कविता प्रतियोगिता

२४ फागुन २०८१, धनकुटा। ११५ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा यहाँस्थित साँगुरीगढी गाउँपालिकाको आयोजनामा पालिकाका महिलाका लागि कविता प्रतियोगिता सम्पन्न भएको छ। साँगुरीगढी गाउँपालिकाको कार्यालय भेंडेटारमा शनिबार सम्पन्न कविता प्रतियोगितामा पालिकाका १७ जना महिलाहरुले सहभागिता जनाएका थिए। प्रतियोगितामा पवित्रा कुमारी…

तुम्बेवा महोत्सवमा राष्ट्रव्यापी कविता प्रतियोगिता हुँदै

२० फागुन २०८१, पाँचथर। दक्षिणी पाँचथरको तुम्बेवा गाउँपालिकास्थित मौवा बजारमा यहीं फागुन २७ देखि पाँच दिनसम्म चल्ने प्रथम तुम्बेवा महोत्सवको अवसरमा राष्ट्रव्यापी कविता प्रतियोगिता हुने भएको छ। तुम्बेवा गाउँपालिकाको सहयोगमा कोर्काली अध्ययन केन्द्र पाँचथरले राष्ट्रव्यापी कविता प्रतियोगिता गर्न लागेको हो।…