सगरमाथा आरोही किसोरलाई चोबेगु सजुम्लुङ द्धारा सम्मान

इवारा लिम्बू १६ कार्तिक २०८०, पाँचथर। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही फालेलुङ–८ पाँचथरका किसोर जबेगुलाई किरात याक्थुङ थेगिमहाङ चोबेगु सजुम्लुङ जिल्ला समिति पाँचथरले सम्मान गरेको छ। २०८० कात्तिक १६ गते फिदिमको फेमिली रेष्टुरेन्टमा एक कार्यक्रम आयोजना गरी सगरमाथा आरोही किसोरलाई…

पाँचथरको थर्पुमा फुटबल तथा भलिवल प्रतियोगिता हुने

इवारा लिम्बू १६ कार्तिक २०८०, पाँचथर। शुभ दिपावली २०८० (वलिहाङ तङनाम) को अवशरमा याङवरक गाँउपालिका–४ क्याम्पसमोड थर्पुमा पूरुष फुटबल र वडास्तरीय नकआउट भलिबल प्रतियोगिता हुने भएको छ। कार्तिक २५ देखि सुरु हुने प्रतियोगिताको फाइनल कार्तिक ३० गते हुने आयोजक दिपावली…

पाँचथरको वासाङ्गुमा लाग्ने ऐतिहासिक द्वितीया मेला यसपटक पनि भव्य रुपले लाग्ने

१४ कार्तिक, २०८० पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिका ६ र ७ को संगमस्थल वासाङ्गुमा बर्षेनी लाग्दै आएको ऐतिहासिक द्वितीया मेला यसपटक पनि विविध कार्यक्रमकासथा भब्यतापूर्वक लाग्ने भएको छ। दिपावली (वलिहाङ तङनाम) को अवशरमा अढाईसय बर्ष अघिदेखि लाग्दै आएको द्वितीया मेलाको अवशरमा…

फाल्गुनन्द जन्मजयन्तीको अवशरमा फालेलुङ–३ ताङ्लेपामा फुटवल प्रतियोगिता र साँस्कृतिक कार्यक्रम हुने

जिपी अधिकारी १४ कार्तिक २०८०, फालेलुङ। १६ औं राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको १३९ औं जन्मजयन्तीको अशरमा फालेलुङ गाउँपालिका–३ ताङ्लेपामा फुटवल प्रतियोगिता हुने भएको छ। कार्तिक २० देखि सुरु हुने प्रतियोगिताको फाइनल कार्तिक २५ गते हुने आयोजक फालेलुङ युथ क्लव फालेलुङ–३…

सगरमाथा आरोही जबेगुलाई गृहगाउँ फालेलुङ–८, मा सम्मान

१३ कार्तिक २०८०, पाँचथर। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही किसोर जबेगुलाई गृहगाउँ पाँचथरको फालेलुङ–८, मा सम्मान गरिएको छ। फालेलुङ गाउँपालिका, ८ नं.वडा कार्यालय, वडास्थित राजनीतिक दल र सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुले सगरमाथा आरोही किसोरलाई सम्मान गरेका हुन्। नेपाली सेनाको श्री…

पाँचथरको सिलौटीमा फाल्गुनन्द जन्मजयन्तीको अवसरमा चासोक मेला लाग्ने

१३ कार्तिक, २०८० पाँचथर। धार्मिक पर्यटकीयस्थल पाँचथरको सिलौटीमा यहिं कार्तिक १८ गतेदेखि कार्तिक २५ गतेसम्म चासोक मेला लाग्ने भएको छ। १६ औं राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको समाधी रहेको पवित्रस्थल सिलाौटीमा १३९ औं फाल्गुनन्द जन्मजयन्तीको अवशरमा मेला आयोजना गर्न लागिएको हो।…

किरात याक्थुङ चुम्लुङका पूर्व अध्यक्ष याक्थुङबाको निधन

१२ कार्तिक २०८०, आइतबार। किरात याक्थुङ चुम्लुङका पूर्व अध्यक्ष एवंम् लेखक मञ्जुल याक्थुङबा (मञ्जुलकुमार सिंह याक्थुङबा फोम्बो) को निधन भएको छ। उनको ८८ बर्षको उमेरमा काठमाण्डौको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनले तेस्रो राष्ट्रिय महाधिवेशनबाट…

‘मना लाङ्योःक्खा?’ सिक्किमस्थित कञ्चनजंघा विश्वविद्यालयको पाठ्यक्रममा समावेश

११ कार्तिक २०८०, पाँचथर। कथाकार पुष्पहाङ लोवाको याक्थुङ (लिम्बू) भाषा, सिरिजंगा लिपीको कथा सङ्ग्रह मना लाङ्योःक्खा? सिक्किमस्थित कञ्चनजंघा विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरिएको छ। सिक्किम गभर्मेन्ट अन्तर्गतको कञ्चनजंघा विश्वविद्यालयले उक्त कृतिलाई पाठ्यक्रममा राखेको हो। कृतिभित्र १२ वटा कथा सङ्ग्रहित छन्। तीमध्ये…

नायीका प्रबिन पन्दाक दुबईमा सम्मानित

६ कार्तिक २०८०, पाँचथर। नायीका प्रबिन पन्दाक दुबईमा सम्मानित भएकी छिन्। अधिवक्ता एवंम् किरात याक्थुङ चुम्लुङका संघीय सदस्य समेत रहेकी प्रबिनलाई किरात याक्थुङ चुम्लुङ युएई र ताप्लेजुङ सेवा समाज युएईले आइतबार संयुक्त रुपमा सम्मान गरेका हुन्। दुबईस्थित घान्तुत रेष्टुरेन्टमा आयोजिक…

वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै फिदिम–६

३ कार्तिक २०८०, पाँचथर। फिदिम नगरपालिका, ६ नं.वडा कार्यालयले विगत बर्षदेखि नै वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ। वडा कार्यालयको उक्त कार्यबाट विशेषगरी अशक्त, अपाङ्गता भएका र असहाय लाभग्राही लाभान्वित भएका छन्। वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता…