दक्षिण कोरियमा के:लाङ (च्याब्रुङ नाच) प्रशिक्षण कार्यक्रम सम्पन्न ।

दक्षिण कोरिया १६ जून २०२५  किरात याक्थुङ चुम्लुङ,दक्षिण कोरियाको आयोजनामा लिम्बू जातिको मौलिक नाच के:लाङ (च्याब्रुङ नाच) प्रशिक्षण कार्यक्रम सुवन शहर स्थित उरी हिमालय रेष्टुरेण्टको सभाहलमा सम्पन्न भएको छ । के:लाङ (च्याब्रुङ नाच) प्रशिक्षण कार्यक्रम सुवन स्थित भेटघाट रेष्टुरेण्टको सभाहलमा…

हेवाखोलाको बेलिब्रिज भत्किदा घाइते भएका तीन मजदुरको मृत्यु

१ असार २०८२, पाँचथर। मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्ड अन्तर्गत पाँचथरको हेवाखोलामा निर्माणाधिन बेलिब्रिज भत्किदा घाइते भएका तीन जना मदजुरको मृत्यु भएको प्रहरीले पृष्ठि गरेको छ। शनिबार बेलुकी ६ः२० बजेतिर फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सिमाना भएर बग्ने हेवाखोलामा निर्माणाधिन…

फिदिम १४ लुङरुपामा अस्थायी प्रहरी पोष्ट स्थापना

३० जेठ, २०८२ पाँचथर । फिदिम १४ स्थित लुङरुपामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । विहिवार फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा अस्थायी प्रहरी पोष्टको उद्घाटन गरिएको हो । लुङरुपा क्षेत्रको सुरक्षा संवेदनशिलता र स्थानियको मागलाई मध्यनजर गर्दै…

पाँचथरमा खैरो हिरोईन सहित ५ जना पक्राउ

२६ जेठ, २०८२ पाँचथर । पाँचथरको फिदिम नगरपालिका – २ बाट प्रतिबन्धित लागुऔषध हिरोईन सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फिदिम – २ स्थित एक घरमा लागु औषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा…

धनकुटाको पाख्रीबासमा आदिवासी जनजाति सचेतना कार्यक्रम

२६ जेठ २०८२, पाँचथर। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला समिति धनकुटाको आयोजनामा सञ्चालित दुई दिने सचेतना मुलक कार्यक्रम शनिबार सम्पन्न भएको छ। पाख्रीबास नगरपालिका धनकुटाको सहयोगमा सञ्चालन भएको कार्यक्रममा नगरभित्रका महिला तथा पुरुषको सहभागिता थियोे। उक्त सचेतना कार्यक्रमको…

पत्रकार युद्ध बहादुर बोहोरा परस्कृत

२५ जेठ २०८२, पाँचथर। पत्रकार युद्ध बहादुर बोहोरा नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार–२०८२ बाट पुरस्कृत भएका छन्। इलामबाट सञ्चालित नयाँ बुलन्द टटकम अनलाइनको नवौं वार्षिकोत्सवको अवसरमा पत्रकार बोहोरा पुरस्कृत भएका हुन्। हरेक वर्ष वार्षिकोत्सवको अवसरमा वितरण गर्ने गरी नयाँ बुलन्द…

मिक्लाजुङ–१ को भगवती आधारभूत विद्यालयमा शैक्षिक सुधार अक्षयकोष अभियान

२३ जेठ २०८२, पाँचथर। मिक्लाजुङ गाउँपालिका–१, सराङडाँडास्थित सिङ्हाङमा रहेको श्री भगवती आधारभूत विद्यालयमा शैक्षिक सुधार अक्षयकोष अभियान थालिएको छ । विद्यालयको शैक्षिक गुणस्तर र भौतिक सुधारमा सहयोग पुर्याउने उद्देश्यले विद्यालय परिवार, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीयवासी र सरोकारवालाको…

दक्षिण कोरियाको डेमोक्रेटिक पार्टीका नेता इजे म्यङ २१औ राष्ट्रपतिमा निर्वाचित ।

दक्षिण कोरिया ०४ मे २०२५  दक्षिण कोरियामा हिजो सम्पन्न मध्यावधि राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार इजे म्यङ विजयी भएका छन् । निर्वाचनमा म्यङले पिपुल्स पावर पार्टीका नेता किम मुन्सु लाई पराजित गर्दै २१औ  राष्ट्रपतिमा निर्वाचन भएका छन् ।  कुल खसेको…

फोनिज तेह्रथुमद्वारा दुई लाख रुपैंयाँको पुरस्कार कोष स्थापना

२० जेठ २०८२, तेह्रथुम। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्य समिति तेह्रथुमले दुई लाख रुपैंयाँको पुरस्कार कोष स्थापना गरेको छ। मंगलबार सदरमुकाम म्याङलुङस्थित रेडियो मेन्छ्यायेमको सभाहलमा आयोजित कार्यक्रममा दुई लाख रुपैंयाँ मूल धन भएको ‘तारा बहादुर कन्दङवा फोनिज…

फिदिममा कृषि उपकरण मर्मत सम्बन्धी सिपमुलक तालिम सुरु

१९ जेष्ठ, २०८२ पाँचथर । फिदिममा कृषि उपकरण मर्मत सम्बन्धी सिपमुलक तालिम सोमबारदखी सुरु भएको छ । सोमबार फिदिम नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी तालिमको उद्घाटन गरिएको थियो । ७ दिनसम्म सञ्चालन हुने तालिममा हाते ट्याक्टर, मिनिटिलर लगायतका कृषि…