फिदिम–६ सिवामा माघ्या सक्रान्ति मेलाको अवसरमा पूरुष तथा महिला फुटवल प्रतियोगिता र साँस्कृतिक कार्यक्रम हुने

१ पुस २०८१, पाँचथर। फिदिम नगरपालिका–६ सिवास्थित मगरगाउँमा माघ्या क्रान्ति मेला २०८१ को अवसरमा खुल्ला पूरुष तथा महिला फुटवल प्रतियोगिता एवंम् साँस्कृतिक कार्यक्रम हुने भएको छ। खुल्ला पूरुष तथा महिला फुटवल प्रतियोगिता यहीँ पुस २४ गतेदेखि सुरु हुने आयोजकले जनाएको…

जनवरी १४ देखि सिक्किमको विभिन्न ठाउँहरुमा चलचित्र ‘चे’ प्रदर्शन हुँदै

काठमाडौ – ३० मंसिर २०८१ शनिबार । लिम्बू कथानक चलचित्र ‘चे’ हिगाउँ पश्चिम् सिक्किममा प्रदर्शन हुने भएको छ  । १४ जनवरी  २०२५ मा हिगाउँस्थित हिजिपियु हलमा प्रदर्शन हुने आयोजक संस्थाका प्रतिनिधि कुन्दन ताम्लिङ्ले बताए । चलचित्र ‘चे’लाई सहारा समाज हिगाउँ,…

सर्वोकृष्ट अवार्ड बिजेता चलचित्र ‘चे’ १६ फेब्रुअरीमा युएइमा प्रदर्सन हुँदै

काठमाडौ – २७ मंसिर २०८१ बिहीवार । लिम्बू कथानक चलचित्र ‘चे’ युएइमा प्रदर्शन हुने भएको छ । १६ फेब्रुअरी २०२५ मा युएइस्थित बरदुबइमा नेपाल आदिवासी जनजाति महासंघ युएइको आयोजनामा प्रदर्शन गरिने महासंघका अध्यक्ष बिक्रम लिम्बुले बताएका छन । याक्थुङ फिल्म्सले…

फुटवलर एञ्जिला तुम्बापोको फुटवल संघर्ष समेटिएको चलचित्र ‘अञ्जिला’को हङहङमा प्रिमियर

२५ मंसिर २०८१, हङकङ। राष्ट्रिय महिला फुटबलका कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापोको फुटबल मोह र संघर्षका विषयवस्तुमा केन्द्रीत नेपाली चलचित्र ‘अञ्जिला’ हङकङमा भव्यताकासाथ प्रदर्शन सम्पन्न भएको छ। युन लङस्थित थ्गभल यिलन त्जभबतचभ ब्गमष्तयचष्गm मा भएको प्रदर्शनमा निर्देशक मिलन चाम्स र…

पाँचथरे साहित्यकार प्रेम ओझालाई कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान प्रदान गरिने

२० मंसिर २०८१, पाँचथर। पाँचथरे साहित्यकार प्रेम ओझालाई २०८० सालको कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान, कवि तथा गजलकार प्रेम ओझालाई प्रदान गरिने भएको छ। त्यस्तै कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि शुभलक्ष्मी लम्साललाई प्रदान गरिने भएको छ ।…

स्ववियु पाँचथर बहुमुखी क्याम्पसको आयोजनामा साहित्यिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

१७ मंसिर, २०८१ पाँचथर | स्वतन्त्र विद्यार्थी युनियन पाँचथर बहुमुखी क्याम्पसको आयोजनामा साहित्यिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । ‌ सोमबार पाँचथर बहुमुखी क्याम्पसको प्राङगणमा सम्पन्न कार्यक्रममा अन्तर क्याम्पस स्तरीय कविता प्रतियोगिताको आयोजना गरिएको थियो । कविता प्रतियोगितामा थर्पु…

याक्थुङ मुन्चइत चोक सयङको प्रदेश अभिवेशन सम्पन्न

१५ मंसिर २०८१, झापा। याक्थुङ मुन्चइत चोक् सयङ (लिम्बू चलचित्रकर्मी संघ) प्रदेश–१ को अधिवेशन शनिबार झापाको दमकमा सम्पन्न भएको छ। अधिवेशनले भुपेन्द्र लिम्बु तुम्बाहाम्फेको अध्यक्षतामा प्रदेश कार्यसमिति निर्वाचित गरेको छ। कार्यसमितिको उपाध्यक्षमा दिलु सुब्बा (सुनसरी), कुशल थलङ (ताप्लेजुङ), बबिन सुब्बा…

फाल्गुनन्द गोल्डकपः अफिसियल गीत सार्वजनिक (भिडियो सहित)

सन्देश सुब्बा १४ मंसिर २०८१, पाँचथर। आगामी पुस ६ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने ११ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको अफिसियल गीत सार्वजनिक गरिएको छ । शुक्रबार फिदिम नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अफिसियल गीतको भिडियो स्क्रिनिङ् गरिएको…

अखिल नेपाल लेखक संघ पाँचथरको तदर्थ समिति गठन

१२ मंसिर २०८१, पाँचथर। अखिल नेपाल लेखक संघ पाँचथरको तदर्थ समिति गठन भएको छ। बुधबार फिदिममा आयोजित एक भेलाले मचिन्द्र सेमी लोवाको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गरेको हो। जिल्लाअधिवेशनको तयारी स्वरूप तदर्थ समिति गठन गरिएको संघका केन्द्रीय सदस्य…

नारागेन् चइत् पालामको म्यूजिक भिडियो सार्वजनिक

१० मंसिर २०८१, पाँचथर। गायक मान लिम्बू र गायिका भीमा चेम्जोङद्वारा स्वरबद्ध नारागेन् चइत् पालामको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। पाँचथरको फालेलुङस्थित सिद्धदेवी माध्यमिक विद्यालयको सभाहलमा आयोजित समारोहमा सो पालामको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो। सो अवसरमा म्यूजिक भिडियोमा अभिनय…