हाम्रो सभ्यता इन्द्रेणीझैं सन्दर छः राष्ट्रपति पौडेल

२ फागुन २०८०, पाँचथर। राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो सभ्यता इन्द्रेणीझैं सुन्दर रहेको बताएका छन् । सदरमुकामस्थित पाँचथर बहुमुखी क्याम्पसमा बुधबारदेखि सुरु भएको महापुराण एवंम् पाँचथर आध्यात्मिक महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । राष्ट्रपति ‘‘इन्द्रेणीको एउटा रङ्ग निकाल्ने…

जनयुद्ध दिवशमा जेष्ठ नागरिकलाई फलफुल वितरण

१ फाल्गुन, २०८० पाँचथर । २९ औं जनयुद्ध दिवशको अवसरमा नेकपा माओवादी केन्द्र फिदिम नगरपालिका २ नम्बर वडा कमिटीले जेष्ठ नागरिकलाई फलफुल वितरण गरेको छ । मंगलबार फिदिम -२ स्थित श्री सिद्ध पोखरी सेवा सदन पाँचथर द्वारा संचालित ज्येष्ठ नागरिक…

फाल्गुनन्दमा २९ किसान सम्मानित

१ फाल्गुन २०८०, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिकाले सोमबार २९ किसानलाई सम्मान गरेको छ । गाउँपालिकाले सोमबार पालिकाको कार्यालयमा सम्मान कार्यक्रमको आयोजना गरि ५० मुरिदेखि १०० मुरिसम्म धान फलाउने २७ जना र १०० मुरिदेखि माथि धान फलाउने २ जना किसान सहित…

दुवाल र भट्टराईलाई समथिङ राष्ट्रिय पुरस्कार, गौतम र राईलाई समथिङ राष्ट्रिय सम्मान

इवारा लिम्बू २९ माघ २०८०, पाँचथर। समथिङ फाउण्डेशन नेपाल, पाँचथरले दुई लेखकलाई पुरस्कृत र दुई स्रष्टालाई सम्मान गरेको छ। सोमबार फिदिममा आयोजित कार्यक्रममा समथिङ राष्ट्रिय पुरस्कार २०७८ बाट बनेपा काभ्रेका साहित्यकार मोहन दुवाल र समथिङ राष्ट्रिय पुरस्कार २०८० बाट दिग्गज…

फाल्गुनन्द गाउँपालिकाले धेरै धान उत्पादन गर्ने २९ कृषकलाई पुरस्कृत गर्दै

२८ माघ २०८०, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिकाले धेरै धान उत्पादन गर्ने पालिकाका २९ कृषकलाई पुरस्कृत गर्दैछ। पालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी ५० मुरीभन्दा धेरै धान उत्पादन गर्ने २७ र १०० मुरीभन्दा धेरै धान उत्पादन गर्ने २ गरी २९ कृषकलाई…

ऐतिहासिक तङ्सुम तङ्नाम, त्रिशाली पूजा तथा मेला वैशाख १७ देखि २३ गतेसम्म लाग्ने

२८ माघ २०८०, पाँचथर। कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा तीन–तीन बर्षमा लाग्ने ऐतिहासिक तङ्सुम तङ्नाम, त्रिशाली पूजा तथा मेला आउँदो २०८१ वैशाख १७ गतेदेखि २३ गतेसम्म लाग्ने भएको छ। कुम्मायक गाउँपालिकामा हालै सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय भेलाले तङ्सुम तङ्नाम, त्रिशाली पूजा…

लिम्बू साँस्कृतिक परिषद तेह्रथुमको चौंथो अधिवेशन सम्पन्न

२८ माघ २०८०, तेह्रथुम। किरात याक्थुङ चुम्लुङ, लिम्बू साँस्कृतिक परिषद तेह्रथुमको अध्यक्षमा रितुराज थेगुवा निर्वाचित भएका छन्। तेह्रथुम सदरमुकाम मेयङलुङमा शुक्रबार सम्पन्न चौथों जिल्ला अधिवेशनले थेगुवाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो। नव निर्वाचित समितिको उपाध्यक्ष बेनुराज…

पत्रकार महासंघको संस्थापक अध्यक्ष विवादले ‘अग्र अनुहार’ विमोचनमा लफडा

२८ माघ २०८०, काठमाडौ। संस्थापक अध्यक्षको विवादले नेपाल पत्रकार महासंघको ‘अग्र अनुहार’ पुस्तक विमोचन समारोहमा लफडा भएको छ। आज (आइतबार) महासंघको प्रदेश प्रतिष्ठान समितिले ‘अग्र अनुहार’ पुस्तक विमोचन समारोहको आयोजना गरेको थियो। तर, उक्त पुस्तकमा पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण…

फिदिम नगरपालिकामा आज शोक बिदा

२८ माघ २०८०, पाँचथर। फिदिम नगरपालिकाको कार्यालय, जिन्सी शाखा प्रमुख हाङनारायण हाङसरुम्बाको मृत्युमा फिदिम नगरपालिकाले आज (आइतबार) शोक बिदा दिएको छ। फिदिम नगरपालिका, नगरकार्यपालिकाको कार्यालयले आइतबार आज एक दिन शोक बिदा दिइएको जनाएको छ। नगरकार्यपालिकाको निर्णय अनुसार नगरपालिकाको कार्यालय र…

मलेसियामा अशक्त अवस्थामा रहेका इलाम सुर्योदयका आचार्यलाई नेपाल फर्काउन सहयोगको अपिल

२७ माघ २०८०, काठमाडौ। मलेसियामा बिरामी भई अशक्त अवस्थामा रहेका इलामका एक युवालाई नेपाल फर्काउन उनका साथीहरुले सहयोगको अपिल गरेका छन्। इलामको सुर्योदय नपा–१४ कटुसे स्थायी घर भएका सूर्य प्रसाद आचार्यलाई नेपाल फर्काउनका लागि सहयोगको अपिल गरिएको हो। उनी बिगत…