धरान भेलाको निर्णयः पुख्र्यौली भूमी फिर्ता गर्न एक लाख हस्ताक्षर सहित अन्तराष्ट्रिय अदातल जाने

२६ मंसिर २०८०, धरान। सुनसरीको धरानमा सम्पन्न याक्थुङ (लिम्बू) थरगत संस्थाहरुको दोस्रो भेलाले परम्परागत प्रथाजनित पुख्र्यौली भूमी फिर्ता गर्न पहल गर्ने निर्णय गरेको छ। भेलाले वि.सं.१८३१ को सन्धि अनुसार न्यूनतम एक लाख हस्ताक्षर सहित अन्तराष्ट्रिय निकायमा मुद्धा दायर गर्ने निर्णय…

गोपाल किराती सहित दश जना पहिचान पक्षधर आन्दोलनकारी पक्राउ

२६ मंसिर २०८०, पाँचथर। नेकपा एमालेको ‘झुलाघाट–चिवाभज्याङ समृद्धिका लागि संकल्प यात्रा’ लाई अवरोध गर्ने क्रममा रहेका गोपाल किराती सहित दश जना पहिचान पक्षधर आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ। पूर्वमन्त्री समेत रहेका नेता किराती खोटाङको हलेसीबाट पक्राउ परेका हुन्। किराती सहित…

झापालाई २-१ गोलले पराजित गर्दै किराँत गोल्डकपको उपाधि मोरङलाई

२३ मंसिर, २०८० पाँचथर । फिदिममा सम्पन्न प्रथम वाईवाई अन्तर्राष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको डाँगीहाट फुटबल क्लबले जितेको छ । फिदिम माविको मैदानमा शनिबार भएको उपाधि भिडन्तमा झापाको बिर्तामोड युनाईटेड फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै मोरङले…

पत्रकार देवानमाथि आक्रमण गर्ने तीन जना विरुद्ध किटानी जाहेरी

२२ मंसिर २०८०, विराटनगर। आवर विराटनगरका समाचार संयोजक पत्रकार प्रेम देवानमाथि सुनियोजित ढंगबाट आक्रमण गर्ने तीनजना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ । विराटनगर महानगरपालिका परिसरमा आन्दोलनरत पक्षमा सामेल भएका रमेश मण्डल, अभिमन्यु यादव र मो.रायन विरुद्ध जिल्ला प्रहरी कार्यलयमा…

याङवरकमा पहिचानका लागी युवा दस्ता गठन

२२ मंसिर २०८०, पाँचथर। जिल्लाको याङवरक गाउँपालिकामा पालिकास्तरीय पहिचानका लागि युवा दस्ता गठन गरिएको छ। याङवरक गाउँपालिकाको केन्द्र थर्पु बजारमा बिहीबार सम्पन्न पहिचानवादीहरुको भेलाले प्रकाश योङहाङको संयोजकत्वमा ६९ सदस्यीय समिति गठन गरेको हो। समितिको सह–संयोजकमा नरकुमार माङमु, नवीन काम्बाङ, सन्तोष…

पत्रकार देवानमाथि भएको आक्रमणको फोनिजद्वारा भत्र्सना

२१ मंसिर २०८०, विराटनगर। पत्रकार प्रेम देवानमाथि बिहीबार विराटनगरमा भएको आक्रमणको घटनाको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० प्रदेश समितिले भत्र्सना गरेको छ। फोनिजले विज्ञप्ती जारी गर्दै फोनिज प्रदेश समिति कोषाध्यक्ष तथा विराटनगरबाट ओबी मिडियाद्वारा सञ्चालित आवर विराटनगर डट नेटका…

धरानमा थरगत सयङहरुको दोस्रो भेला हुँदै

२० मंसिर २०८०, पाँचथर। सुनसरीको धरानमा लिम्बू थरगत संस्था (याक्थुङ सयङ) हरुको दोस्रो भेला हुँदैछ। मंसिर २३ र २४ गते दुई दिनसम्म भेला चल्ने लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूहले जनाएको छ। यसअघि २०७८ मंसिर १७, १८ र १९…

सिमानापारि पुगेर मातृभाषामा उच्च शिक्षा

सन्देश सुब्बा १९ मंसिर २०८०, पाँचथर। याक्थुङ (लिम्बू) भाषामा आठवटा कृति प्रकाशित गरिसकेका सागर केरुङलाई आफ्नै मातृभाषामा उच्च शिक्षा हाँसिल गर्ने धोको थियो । तर, नेपालका कुनै पनि विश्वविद्यालयमा याक्थुङ (लिम्बू) भाषामा उच्च शिक्षा लिने व्यवस्था नहुँदा उनी निरास थिए।…

फालेलुङमा संयुक्त संघर्ष समिति र पहिचानका लागि युवा दस्ता गठन

१९ मंसिर २०८०, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिकामा प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति र पहिचानका लागि युवा दस्ता गठन भएको छ। त्यहाँ सम्पन्न पहिचानवादीहरुको भेलाले धन बहादुर केरुङको संयोजकत्वमा २१ सदस्यीय प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन…

तीन प्रदेश मन्त्रीले जिम्मेवारी पाए

१७ मंसिर २०८०, पाँचथर। मूख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद गठन भएको ५० दिनपछि तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाड गरेका छन्। नेपाली कांग्रेबाट मन्त्री बनेका शमसेर राईले आन्तरिक मामिला तथा कानून मन्त्रालय, नेकपा (माओवादी केन्द्र) बाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीले पर्यटन, वन…